फेरि तुइनबाट खसेर दार्चुलामा एकको मृत्यु 

दार्चुला । दार्चुलामा तुइनबाट खसेर एक जनाको मृत्यु भएको छ। व्यास गाउँपालिका- २ का ४५ वर्षीय सिन्दलसिह भण्डारी तुइनबाट खसेर मृत्यु भएको हो।

घरबाट पारि धारचुला सामान किन्न जाने क्रममा तल्लो दुम्लीङस्थित महाकाली नदीमा खसेर उनको मृत्यु भएको वडा अध्यक्ष धिरेन सिंह बुढाथोकीले जानकारी दिए । नदीमा खसेलगत्तै स्थानीय र सुरक्षाकर्मीले खोजतलास गर्दा उनी मृत भेटिएका हुन्। 

Related posts