आजको मौसम पूर्वानुमान

काठमाडौँ, वैशाख १६ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको  सम्भावना रहेको छ ।

त्यस्तै आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

Related posts