काठमाडौं, वैशाख २२ । संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ ।
शुक्रबार दिउँसो भोटखोला-४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परी हेलिकप्टरका पाइलट र एक जना स्थानीय गरी दुई जना घाइते भएका छन् ।
उक्त हेलिकप्टर माथिल्लो अरूण जलविद्युत आयोजनाको सामान बोकेर उडेको थियो ।






