पुनर्वहालीको माग गर्दै ढाकाकुमारले दिएको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेका ढाकाकुमार श्रेष्ठले आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका छन्।

आइतबार सर्वोच्चमा श्रेष्ठले हालेको रिटको सोमबार सुनुवाइ हुँदैछ । ‘मेरो सांसद पद पुनर्वहाली हुनुपर्ने मागसहित मैले हिजो रिट हालेको थिएँ, आज सुनुवाइ हुँदैछ,’ श्रेष्ठले भने।

मन्त्री हुनलाई मेडिकल व्यवसायी प्रसाईंसँग पैसा मागेको भन्दै श्रेष्ठलाई रास्वपाले समानुपातिक सांसद र पार्टी साधारण सदस्यबाट हटाएको थियो । श्रेष्ठलाई सांसदबाट हटाइएको सूचना सभामुख देवराज घिमिरेले संसदमा पढेर सुनाइसकेका छन्।

Related posts