नवलपुर जिल्लाकै पहिलो छुवाछुत मुक्त वडा बन्यो बुलिङटार- १

कावासोती । नवलपुर जिल्लाको बुलिङटार गाउँपालिका- १ लाई शनिबार जिल्लाकै पहिलो छुवाछुत मुक्त वडा घोषणा गरिएको छ । दलित जागरण अभियान क्षेत्र नम्बर – १ नवलपुरको आयोजना र बुलिङटार गाउँपालिका – १ को प्राविधिक सहयोगमा उक्त वडालाई जिल्लाकै पहिलो छुवाछूत मुक्त वडा घोषणा गरिएको हो ।

नवलपुर जिल्लाको विभिन्न गाउँमा छुवाछूतको भेदभाव कायम रहेको अबस्थामा जिल्लाको बुलिङटार गाउँपालिका- १ नम्बर वडालाई छुवाछूत मुक्त घोषणा गर्नका लागि सबै सुचकहरु पुरा गरी वडालाई छुवाछुत मुक्त वडा घोषणा गरिएको आयोजक संस्थाका संयोजकले नवलपुर टुडेलाई बताए ।

कार्यक्रममा बुलिङटार गाउँपालिका- १ का वडाअध्यक्ष दिलबहादुर सूर्यवंशी मगर, वडा सदस्य थमीसरा बि.क, राष्ट्रिय दलित जागरण अभियानका अध्यक्ष दधिराज परियार, आयोजक संस्थाका सचिव भिम बहादुर बि.क, स्थानीय धन माया श्रेष्ठ, शिक्षक लोक बहादुर रामदाम, देव राज बि.क लगायतले बोल्दै अभियानलाई घोषणामा मात्रै सिमित नभई व्यवहारमा पनि कार्यन्वयन हुनुपर्ने बताएका थिए ।

Related posts