बुटवलमा भ्रष्टाचार विरुद्ध प्रदर्शन

बुटवल । नक्कली भुटानी शरणार्थी बनाइ नेपालीलाई मानव तस्कर गरी ठगीमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने, नागरिकता विधेयक खारेजी गर्नुपर्ने लगायतका माग राख्दै मंगलबार बुटवलमा प्रदर्शन भएको छ ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र विद्रोही नेकपा (मसाल) को संयुक्त आयोजनामा बीपी चोकबाट सुरु भएको विरोध जुलुस बुटवलका विभिन्न ठाउँको परिक्रमा गरी पुन: बीपी चोकमै पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनकारीले भ्रष्टाचारीलाई कारबाही गर, मानव बेचबिखन गर्नेलाई कारबाही गर, राष्ट्रघाती नागरिकता विधेयक खारेज गर’ जस्ता नारा लगाएका थिए ।

कोणसभामा बोल्दै कम्युनिस्ट क्रान्तिकारी पार्टी नेपालका केन्द्रीय नेताहरु केबी गुरुङ, प्रेम सुवेदी, भुपेन्द्र न्यौपाने, क्षेत्र बहादुर क्षेत्री लगायतले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई मानव तस्करी गर्ने संगठित गिरोहलाई कारबाही गर्नुपर्ने बताए ।

Related posts