रग्बी यु-२० महिला खेलाडी छनौट लेटाङ्गको नोवेल एजुकेसनमा हुने

लेटाङ्ग । यू-२० राष्ट्रिय रग्बी प्रतियोगिता इलामको माई नगरपालिकामा आयोजना हुने भएको छ।

आगामी जेठ २६ देखि २७ गतेसम्म हुने उक्त प्रतियोगिता माई नगरपालिकास्थित नेपाल रग्बी संघको आयोजनामा सञ्चालन हुन लागेको हो।

प्रतियोगिताका लागि महिला यु-२० तर्फको छनौट लेटाङ्ग नगरपालिका वडा नम्बर- ८ मा अवस्थित नोवेल एजुकेसन एण्ड डेभलपमेन्ट फाउन्डेसनको प्राङ्गणमा जेष्ठ १० गते दिनको २ बजे हुने जनाएको छ ।

प्रदेश नम्बर-१ भरीका यु-२० महिला तर्फका कोशी प्रदेश स्तरीय खेलाडी टीम छनौट हुने आयोजकले जनाएको छ। भने आयोजकले सहभागिताका लागि कोशी प्रदेश भरीका इच्छुक महिला खेलाडीहरुलाई अपीलसमेत गरेको छ ।

Related posts