बुधबार ४ बजे संघीय संसद्को संयुक्त बैठक 

काठमाडौ । संघीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराएका थिए। संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ। प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ।

Related posts