सिरहा । सिरहाको लहानमा रहेको प्रादेशिक अस्पतालको गेटमा एक शिशु फालिएको अबस्थामा फेला परेको छ ।
शुक्रबार राति करिब १२ बजे फालिएको अवस्थामा अस्पतालकै एक गार्डले डियुटीमा खटिएको बेला अस्पतालको गेटमा बच्चा रोएको आवाज सुनिएपछि गार्डले डाक्टरलाई बोलाए र अस्पताल कै जिम्मामा राखिएको छ ।
केटियम बाईकमा सवार महिला पुरुषले जिवित शिशुलाई प्रादेशिक अस्पतालको गेटमा फालि फरार हुन सफल भएको अस्पतालकै कर्मचारीले बताए ।





