आईजीपी कुँवर सिंगापुर जाँदै

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर सिंगापुर जाने भएका छन् ।

अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को बैठकमा सहभागी हुन आईजीपी कुँवर सिंगापुर जान लागेका हुन् ।
जेठ २४ मा कुँवर सिंगापुर प्रस्थान गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कुँवरसँग प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखाका प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर जबरा पनि सहभागी हुनेछन् । इन्टरपोलको नियमित बैठक जेठ २५,२६ र २७ मा सिंगापुरमा आयोजना गरिएको छ । 

Related posts