वन्यजन्तु चोरी शिकार गर्न लागेको आशंकामा दुई जना पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु चोरी शिकार गर्न लागेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा कालिका नगरपालिका ११ स्थित सैपाङका २९ वर्षीय राज चेपाङ र सुन्दर प्रजा रहेका छन्। निकुञ्ज र निकुञ्ज सुरक्षार्थ तैनाथ खड्गदल गणबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई छुट्टा छुट्टै स्थानबाट हतियार सहित नियन्त्रणमा लिएको हो निकुञ्जले वन्यजन्तु चोरीशिकार गर्न लागेको सूचनाको आधारमा पक्राउ गरेको हो। 

राज चेपाङलाई जेठ १३ गते सौराहाबाट र सुन्दर प्रजालाई जेठ १४ कालिका ११ उनकै घरबाट नियन्त्रणमा लिइएको हो । सुन्दरको साथबाट दुई थान भरुवा बन्दुक समेत बरामद गरिएको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए ।

उनीमाथि हातहतियार खरखजना सम्बन्धी मुद्दामा समेत अनुसन्धान कार्य अगाडि बढाईएको छ । उनीहरु दुवै जनालाई वन्यजन्तु सम्बन्धी कसुरमा मुद्दा अगाडि बढाउने तयारी गरेको तिवारीले जानकारी दिए । 

Related posts