भरतपुर महानगरले नारायणी नदी किनारका अवैध संरचना हटाउँदै

काठमाडौं । भरतपुर महानगरले नारायणी नदी किनारमा बनेका अवैध संरचना हटाउन सुरु गरेको छ ।

बिहीबार विहानबाट मेयर रेनु दाहालले स्थलगत अनुगमन तथा निरीक्षण गर्दै अभियानको सुरुआत गरेकी हुन् । महानगरभित्र सार्वजनिक जग्गा संरचना गर्न वडा नम्बर १ बाट काम थालनी भएको मेयर दाहालले बताइन् ।

अवैध संरचना बनाउने आफैले हटाउन आग्रह गर्दै उनले अटेर गरे बल प्रयोग गरिने बताइन् ।

Related posts