कपिलवस्तुमा छाडा चौपाया ठूलो चुनौती बन्दै

प्रिन्स मिश्रा
कपिलवस्तु, जेठ १८ कपिलवस्तुको कृष्णनगर नगरपालिकाको बहादुरगंज, डबरा, शिवानगर, चन्द्रौटा, कृष्णनगर, गोरुसिंगे, तौलिहवा, जितपुर चार नम्बर, पकडी, लबनी पिपरा लगायत चोकमा बिहानैदेखि साँझसम्म छाडा चौपायाका बथान देखिन्छन् । कपिलवस्तुको दशवटै पालिकामा पशु चौपाया व्यवस्थापन चुनौतीको रुपमा रहेको छ । कपिलवस्तु नगरपालिकाको तौलिहवामा सबैभन्दा बढी पशु चौपाया प्राय सडकमै देखिन्छन् ।

photo 2023 06 01 19 31 02

छाडा चौपाया दिनभरि सडकमा हिँड्ने र राति खेतबारीमा किसानले लगाएको बाली खाने गर्नाका साथै सडकमा यात्रा गर्नेले समेत समस्या भोग्नु परेको जनगुनासो छ । खेतमा लगाइएको धानबाली जोगाउन रातभरि जाग्राम बस्नुपर्ने किसान बताउँछन् । सडकमा छाडिएका पशु चौपाया नियन्त्रण गर्न सम्बन्धित निकायले बेवास्ता गर्दा समस्या बन्दै गएको छ । स्थानीय सरकारले छाडा पशु चौपायाको व्यवस्थापन गर्न ठोस कदम चाल्न नसकेपछि दिन प्रति दिन सास्ति बन्दै गएको छ । पशु चौपायाले ठाउँ–ठाउँमा सडक कब्जा गरेपछि सवारी दुर्घटनाको जोखिम ह्वात्तै बढेको छ ।

स्थानीयले पटक पटक आवाज उठाउँदा पनि कृष्णनगर नगरपालिका र अन्य पालिकाहरुले झिनो प्रयास समेत नगर्दा समस्याको समाधान हुन सकेको छैन । छाडा पशु चौपायाका कारण सडकमा दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै स्थानियहरुले पटक पटक आवाज उठाउँदासमेत नगर मौन रहेको नगर वासिहरुले आरोप लगाएका छन । कानुनले सडकमा छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिएपनि कृष्णनगर नगरपालिकाले कानुनलाई वेवास्ता गर्दै छाडा पशु चौपाया व्यवस्थित गर्न स्थानीय सरकार लापरवाह देखिएको छ । छाडा चौपायाले गर्दा सडक जाम हुने, सडक दुर्गन्धित हुने, सथानियहरुको कृषि वालि नष्ट पार्ने घटना नयाँ होइन । अहिले कृष्णनगरका विभिन्न चोक तथा सडकका गल्लीमा छाडा चौपायाको हुल नै देखिन्छ ।

सडकमा जथाभावी छाडिएका छाडा चौपायाले ट्राफिक आवागमनमा समस्या हुन थालेको छ । नगरपालिकाले छाडा चौपाया नियन्त्रण गर्न कृष्णनगर नगरपालिकाले कुनै कदम नचालेकोले किसान र सर्वसाधारण समस्या भोग्न बाध्य परेको छन् ।

Related posts