काठमाडौ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणका पक्षमा आज (बुधबार) पनि तीनजना पूर्वन्यायाधिवक्तासहित चार वकिलले बहस गर्दैछन्।
काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहसअन्तर्गत नेपाली कांग्रेसका नेता खाँणको प्रतिरक्षामा मंगलबार ९ जनाले बहस गरेका थिए। उनको बचाउमा मंगलबार पूर्वमहान्यायाधिवक्ता महादेव यादव, नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, बारका पूर्वअध्यक्ष हरिहर दाहाल, वरिष्ठ अधिवक्ताहरू नीरसिंहकुमार खत्री, मणिराम उपाध्याय, रश्मि थापा, एकराज र अजयशंकर झाले बहस गरेका थिए।






