दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा माओवादीकै नेतृत्वमा समाजवादी मोर्चा गठन गर्ने बताएका छन् । दाङमा अगुवा/कार्यकर्ता भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि नीतिगत सहमति र दस्ताबेज पनि तयार भइसकेको बताएको दाङ माओवादी जिल्ला सचिव विश्वराज आचार्य जानकारी दिए।
‘समाजवादी मोर्चा निर्माण सुनिश्चित भइसक्यो । नीतिगत सहमति र दस्ताबेज पनि तयार भइसकेको छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै आचार्यले भने, यो मोर्चामार्फत् समृद्ध नेपाल निर्माण गर्नको लागि समाजवाद यात्रा थालनी गरिनेछ।’ उक्त मोर्चामा बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’, जसपाका अध्यक्ष उपेन्द्र यादव, माधव कुमार नेपालको एकीकृत समाजवादी पार्टी समावेश गरिने प्रचण्डले बताए।
अब छिट्टै समाजवादी मोर्चा निर्माणको दिशा अघि बढेकोसमेत उनले बताए।






