जिम्बाब्वेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालले पहिलो जित निकालेको छ। पहिलो जित निकाल्नेक्रममा नेपालले मंगलबार अमेरिकालाई ६ विकेटले हरायो। अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले .. ओभरमा ४ विकेट गुमाएर भेट्टायो। नेपालको जितमा भी सार्कीले अविजित ७७, कुशल भुर्तेलले ३९, दीपेन्द्र सिंह ऐरीले अविजित ३९, रोहित पौडेलले १६, कुशल मल्लले १३ र आसिफ शेखले १२ रनको योगदान दिए। नेपालका लागि बलिङमा करण केसीले ९ ओभरमा ३ मेडनसहित ३३ रन दिएर महत्वपूर्ण ४ विकेट लिए। यस्तै, गुलशन झाले ३, दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशीले १ विकेट लिए। नेपालले अब तेस्रो खेल बिहीबार वेस्ट इण्डिजविरुद्ध खेल्नेछ।
धर्मेन्द्र कुमार कुर्मी
Related posts

पृथ्वीनारायणको सामाजिक, आर्थिक एवं वैदेशिक नीति मननीय : राष्ट्रपति भण्डारी
२०७८ पुस २७ | बिहान ०७:०९ बजे
भरतपुर महानगरमा रेनु जित नजिक, १० हजार बढी मतको अग्रता
२०७९ जेष्ठ ९ | मध्यान्ह १२:०२ बजे
सिरहामा मिटरब्याज कारोबारी सुजाता साह पक्राउ
२०८० साउन २५ | बिहान १०:०४ बजे


