नवलपुरमा लागुऔषधसहित काभ्रेपलान्चोकका बिक पक्राउ

कावासोती, असार ६ । नवलपुरमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा काभ्रेपलान्चोक ज्याग्दी गाउँपालिका- ८ बस्ने बर्ष २८ को राज बिक रहेको छ ।

प्रहरीले मंगलबार साझ करिब ७:४५ बजेको समयमा कावासोती नारपालिका- १६ चालिस किलोस्थित पूर्व पश्चिम राजमार्गबाटपक्राउ गरेका हो ।

जिल्ला प्रहरी कार्यालयबाट प्र.ना.नि.नरेन्द्र बिकको कमाण्डमा ६:०० बजे खटिएको RSCC चेकिङ टोली ६:१० बजे पुगी पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ना ५ ख ६३३३ नं को बस चेक जाँच गर्ने क्रममा उक्त बसमा सवार बिकलाई पक्राउ गरेका हुन ।

उनको साथबाट फेनारागन १०० एम्पुल, नुर्फिन १०० एम्पुल, डाईजापाम १०० एम्पुल गरी जम्मा ३०० एम्पुल लागुऔषधसहित बरामद गरी नियन्त्रणमा लिई अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखी अनुसन्धान भइरहेको सुचना अधिकारीले बताए ।

Related posts