यस बर्षको एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको  छ ।

बिहीबार दिउँसो परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नतिजा सार्वजनिक गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बसेको थियो । २०७९ सालको एसईईमा ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी सहभागी भएका थिए । 

नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, नेपाल टेलिकम लगायतबाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।

Related posts