रौतहटमा बाढीले बगाउदा ६५ बर्षीय महिलाको मृत्यु

दिपेश कुमार शाह
रौतहट, असार ३० । रौतहटको कटहरिया नगरपालिकास्थिति हर्षाहा नजिक रहेको लाला बकैया नदीमा बाढीले बगाएर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुजारा नगरपालिका- ४ जंगल सहिया निवासी लाल बहादुर मगरका ६५ बर्षीय श्रीमती रत्न माया मगर रहेको इलाका प्रहरी कार्यालय कटहरियाले जानकारी दिए ।

मगरको घर नजिककै रहेका लाल बकैया नदीले शुक्रवार साँझ ६ बजेको समयमा गर्मी छल्न हावा खान निस्केको बेला बाढीले बगाएर मृत्यु भएको प्रहरीले बताए ।

Related posts