नेपाल वायुसेवा निगमले माग्यो ३० एयर होस्टेजका लागि आवेदन

काठमाडौं । नेपाल वायुसेवा निगमले विमान परिचारिका (एयर होस्टेज) पदमा आवेदन आह्वान गरेको छ । निगमको उड्डयन सेवा, क्याबिन क्रू समूहतर्फ करार सेवाको विमान परिचारिका पदमा दरखास्त आह्वान गरेको हो । 

रिक्त ३० पदका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको निगमले जनाएको छ । 

योग्य नेपाली नागरिकले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । अनलाइनमार्फत आवेदन दिन सकिने निगमले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । 

प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका १८ वर्ष पूरा भएकर २५ वर्ष ननाघेका इच्छुक उमेदवारले आवेदन दिन सक्नेछन् । 

Related posts