रुपन्देहीमा रास्वपा विवाद कुटाकुट घटना मिलापत्रपछि, जिल्ला अध्यक्ष फेरिए

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीमा विवाद देखिएपछि जिल्ला संयोजक नै परिवर्तन गरिएको छ । ५ महिना अगाडि जिल्ला संयोजक बनाएका प्रकाश ज्ञवालीलाई हटाएर प्रदेश कमिटी सदस्य बुद्धिप्रसाद शर्मालाई रुपन्देहीको संयोजक बनाइएको पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठकले बताए । जिल्ला संयोजक ज्ञवाली र सैन मैनाका दामोदर खत्रीबीच विवाद बढेपछि गत बुधवार राति दुई पक्षबीच कुटाकुटको अवस्थासम्म पुगेको थियो भने प्रहरी कहाँ उजुरीसमेत गरिएको थियो । अहिले भने घटनामा प्रहरी कार्यालयमा मिलापत्र गरिएको छ । यसबारे थप अनुसन्धानका लागि केन्द्रीय टिमले दुवै पक्षलाई काठमाडौँ बोलाएको छ ।

पाठकले विवाद कारणले नयाँ विकल्पका लागि नेतृत्व फेरिएको बताए । उक्त घटनामा संलग्न भएको र विषय बाहिर ल्याएको भन्दै दामोदर खत्रीलाई पार्टीको केन्द्रीय अनुसन्धान टिमले थप अनुसन्धानको लागि काठमाडौँ बोलाएको छ । उनी साउन ४ गते काठमाडौँ जाँदैछन् । यता दामोदर खत्रीले आफूले पार्टीभित्र अनुशासनको कुरा मात्र उठाएको बताउँदै जिल्ला अध्यक्षको नैतिकताको विषयले गर्दा फेरिएको बताए । जिल्ला अध्यक्ष प्रकाश ज्ञवाली रुपन्देहीका तिलोत्तमा नगरपालिका रहेको एक सामुदायिक विद्यालयमा शिक्षक रहेका छन् । पार्टीको विधानमा शिक्षकले नेतृत्व गर्न नमिल्ने उल्लेख रहेको छ ।

आगामी मङ्सिरमा हुने पार्टीको अधिवेशनमा नेतृत्व हत्याउने उद्देश्यले एक समूहले स्थापनाकालदेखि पार्टीमा लागेका कार्यकर्ताको सदस्यता खारेजी र कुटपिटको तहसम्म पुगेको भन्दै सो पार्टीका सैन मैना र्यापिट एक्सन टिम संयोजक दामोदर खत्रीले आफूमाथि अन्याय भएको विषय बाहिर ल्याएका थिए । सोही विषयमा बुधवार राति विवाद हुँदा उपसभापति सालिकराम घिमिरे, रुपन्देही संयोजक प्रकाश ज्ञवाली र रुपन्देही क्षेत्र नं २ का क्षेत्रीय सदस्य विक्रम तिवारी लगायतको समूहले राति ९ बजेको समयमा पार्टी कार्यालयमा बोलाई आफूलाई कुटपिट गरेको र उल्टै आफू विरुद्ध कुटपिटको उजुरी दिएको गुनासो उनले गरेका थिए ।

तर इलाका प्रहरी कार्यालय बुटवलमा भने दामोदर खत्रीले सुरुमा हात उठाएर गल्ती भएको कागजमा हस्ताक्षर गरेका छन् । उनले गल्ती भएको भन्दै माफी समेत मागेको प्रदेश अध्यक्ष पाठकले बताए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाले दुवै पक्षलाई राखेर सहमतिमा विवाद टुङे लगाएको बताए । उनले पार्टीको आन्तरिक विवाद भएकोले त्यस दुवै पक्षलाई राखेर गल्ती गर्नेलाई माफी मगाएर गल्ती नदोहोराउने गरी नै सहमति गरेको बताए।उनले भर्ने उहाँहरु आफैले गर्नु भएको हो हामीले समन्वय मात्र गरेका हौँ’,

Related posts