नेपाली कांग्रेसको अर्को केन्द्रीय कार्यसमिति बैठक असोजमा

काठमाडौं, साउन ११ । नेपाली कांग्रेसको अर्को केन्द्रीय कार्यसमिति बैठक असोज २ गते बस्ने भएको छ। करिब एक वर्षपछि बसेको केन्द्रीय कार्यसमिति बैठक समापन गर्दै बुधबार सभापति शेरबहादुर देउवाले अर्को बैठकको मितिबारे जानकारी दिएका हुन्।

कांग्रेसको विधानमा बैठक दुई–दुई महिनामा बस्नुपर्ने व्यवस्था छ। यही विधानअनुसार २ महिनापछि बैठक बोलाइएको हो। असोजमा केन्द्रीय कार्यसमिति बैठक बसेपछि मंसिरमा महासमिति बैठक बस्नेछ। मंसिर ११, १२ र १३ गते महासमिति बैठक बोलाउने निर्णय गरिएको छ।

Related posts