कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा वीरेन्द्र सैनिक अस्पतालको निरीक्षण

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आज वीरेन्द्र सैनिक अस्पताल छाउनीको निरीक्षण गरेका छन्। त्यस क्रममा उनले अस्पतालबाट भइरहेका सेवा प्रवाहबारे जानकारी लिए। उनले सेवाग्राही तथा अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा अन्य कर्मचारीहरूसँग पनि छलफल गरेका थिए। 

अस्पताल निरीक्षणको क्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितका उच्च सैनिक अधिकारी पनि सहभागी थिए। 

कार्यबाहक प्रधानमन्त्री खड्काले सीमित स्रोतसाधन र भौतिक संरचनाका बाबजुत अस्पतालबाट सन्तोषजनक सेवा प्रभाव भइरहेको भन्दै खुसी व्यक्त गरे। उनले अस्पतालबाट एकीकृत रूपमा अझ बढी गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गरे।

purnabahadur khadka.jpg' '.2023 07 27

purnabahadur khadkaa.jpg' '.2023 07 27

 

Related posts