कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान

काठमाडौँ, साउन १२ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । उनले साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८(२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।  

गत असार २१ मा भएको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठन सन्दर्भमा सर्वोच्च अदालतको आदेशबमोजिम नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस्तो छ विज्ञप्ति

photo 2023 07 28 14 15 14

 

Related posts