काठमाडौँ, साउन १२ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० प्रमाणीकरण गरेका छन् ।
संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक राष्ट्रपति पौडेलले शुक्रबार प्रमाणीकरण गरेका हुन् ।
संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।







