सप्तरीका एक मिटरब्याजी अभियुक्त पुर्पक्षका लागि कारागार चलान

सप्तरी । सप्तरीका एक मिटरब्याजी अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएका छन्।

सप्तरी राजविराज नगरपालिका-७ बस्ने ६४ वर्षीय रामाप्रसाद साहु कारागार चलान भएका हुन्। उनीविरुद्ध अनुचित लेनदेन सम्बन्धमा जहेरवाला रामकृष्ण यादव, कौशल्या देवी, सुजान देवी साहसमेतको जाहेरीको ठगी तथा अपराधिक विश्वासघात मुद्दामा जिल्ला अदालतले साहलाइ १८ लाख धरौटी तोकेको थियो।

साह मिटरब्याजीका रूपमा परिचित थिए। धरौटी तिर्न नसक्दा उनलाई कार्यालय सप्तरी चलान गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जानकारी दिएको छ।

Related posts