ताप्लेजुङको खर्कमा याककाे बथान

ताप्लेजुङ । समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको ताप्लेजुङको गाउँपालिका ५ लोदेन क्षेत्रको एक खर्कमा रहेका याकहरु। विषेश गरी घ्यु, छुर्फी र मासुका लागि किसानले याक पालन गर्ने गर्दैआएको छ।

एउटा याकको एक लाख रुपैयाँदेखि एक लाख ३० हजार रुपैयाँसम्ममा चीनका विभिन्न क्षेत्रहरुमा निर्यात हुने गर्दछ। तर लामो समय चीनसँग जोडिएको नाका बन्द हुँदा याक बिक्री हुन सकेका छैन। चीनमा याक निर्यात नहुँदा किसानहरुलाई आर्थिक सङ्कट बेहोर्नु परेको किसानहरुको भनाइ रहेको छ। रासस

DilkumarLimbu_Fungling_RSS_13_yak5(2)1690630537.jpg

 

Related posts