कर्णालीमा डुबेर एक बालिका बेपत्ता

धनगढी, साउन १४ । कर्णाली नदीमा डुबेर एक जना बालिका बेपत्ता भएकी छन् ।

शनिबार दिउँसो कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टाकी १२ वर्षीया बबिता टमटा कर्णाली नदीमा डुबेर बेपत्ता भएकी हुन् । 

उनी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दले जानकारी दिए ।

बेपत्ता बालिकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Related posts