प्रधानन्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं, साउन १६ । प्रधानन्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषद्को बैठक बस्दै छ । परिषद्को बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्नेछ । 

संवैधानिक परिषद्को आजको बैठकले प्रधानन्यायाधीश सिफारिस गर्नेछ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते (चार दिनपछि) सकिँदै छ । पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्नेमा सरकारले संविधानको उल्लंघन गरेको छ ।

बैठकले वरीयताक्रममा अगाडि रहेका विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेछ ।

Related posts