नेपाल निर्माण व्यवसायी महासंघमा आवद्ध ठेकेदारहरु सिठी बजाउँदै नयाँ बानेश्वर पुगे

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघमा आवद्ध ठेकेदारहरु सिठी फुक्दै नयाँ बानेश्वरको सडकमा पुगेका छन् । महासंघको कार्यालय अनामनगरबाट उनीहरु बील रकमको भुक्तानी, सम्झौताको म्याद थप, सार्वजनिक खरिद अनुमानमा सहजीकरणलगायत नौ बुँदे माग राख्दै सांसदहरुको ध्यानाकर्षण गराउन त्यहाँ गएका हुन् ।

दोस्रो चरणको आन्दोलनअन्तर्गत महासंघ अध्यक्ष रवि सिंहको नेतृत्वमा, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा, महासचिव रोशन दाहाललगायत सयौंको संख्यामा रहेका उनीहरुले प्लेकार्ड बोकेका छन् । सेप्टी हेल्मेट र  ज्याकेट लगाउँदै कालो ब्यानर बोकेर ठेकेदारहरुले सिठी र्याली निकालेका हुन् ।

IMG 0238 4AY6ahy1Or

नयाँ बानेश्वर चोक नजिकैको सडकमा उनीहरुले सार्वजनिक खरिद ऐन तथा नियमावली तुरुन्त संशोधन गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, विभिन्न निकायमा काम गरेवापतको रकम तुरुन्त भुक्तानी गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, अव्यवहारिक माईलस्टोन खारेज गर, उपभोक्ता समितिबाट गरिने निर्माण कार्यको नियम खारेज गरलगायत नारा लगाइरहेका छन् ।

 

Related posts