नक्कली शैक्षिक प्रमाणपत्र लिएको अभियोगमा केही चिकित्सकहरुलाई पनि नियन्त्रणमा लिने तयारी

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र लिएको अभियोगमा सांसद सुनिल शर्मालाई पक्राउ गरेको सिआइबीले अरु केही चिकित्सकहरुलाई पनि नियन्त्रणमा लिने तयारी गरेको छ।

प्रहरी स्रोतका अनुसार शर्मा जस्तै कीर्ते शैक्षिक प्रमाणपत्रका आधारमा डाक्टर बनेको आरोप लागेकाहरुलाई सिआइबीले बिहीबार नै नियन्त्रणमा लिन टोली परिचालन गरेको छ।

ती को को हुन् भन्नेबारे प्रहरी स्रोतले बताउन चाहेन। ‘नक्कली डाक्टरहरु अरु पनि समातिँदै छन्, स्रोतले भन्यो।

Related posts