सङखुवासभा कारागार हत्या प्रकरण : जेलर र कारागार इन्चार्जविरुद्ध किटानी जाहेरी दर्ता

सङ्खुवासभा । जिल्ला कारागार सङ्खुवासभाका जेलर र कारागार इन्चार्जविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । जेलर राजेन्द्र घिमिरे र प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीविरुद्ध कारागारमा बन्दी जीवन बिताई रहेका २ जनाको हत्या गरेको भन्दै किटानी जाहेरी दर्ता भएको हो ।

बुधवार जिल्ला कारागार सङ्खुवासभामा कैद सजाय भुक्तान गरिरहेका सङ्खुवासभाको मादी नगरपालिका– ५ का विनोद तोलाङगी र नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीको कारागारमै मृत्यु भएको थियो । कारागारमा भएको सीसी फुटेजमा उनीहरूमाथि कुटपिटबाट भएको देखिएको थियो। सोही सिसी फुटेजका आधारमा जेलर सहित १० जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिवार सङ्खुवासभा कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे र सुरक्षाकर्मीका इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीविरुद्ध मृतक विनोद तोलाङ्गीका दाजु प्रकाशले किटानी जाहेरी दर्ता गराएका हुन । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा सभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले किटानी जाहेरी दर्ता भएको बताए ।कारागारमा बन्दी जीवन बिताइरहेका २ जनाको मृत्यु भएपछि मृतकका परिवारले विरोध गरेका थिए ।

विरोधपछि गृह मन्त्रालयले कारागार व्यवस्था विभागका निर्देशक कमल प्रसाद पाण्डेको संयोजकत्वमा छानबिन समिति बनाएको थियो।घटनाको छानबिन गर्न गृह मन्त्रालयद्वारा साउन २४ गते कारागार व्यवस्थापन विभागका निर्देशक पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। सो छानबिन समितिले शुक्रवारबाट छानबिन थालेको छ।

1 72 73 6

 

Related posts