भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच–छ घण्टालाग्ने भएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए । “हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पूरै पन्छाउन अझै पाँचदेखि छ घण्टा लाग्छ सक्छ”, उनले भने ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

देश र जनताको हितमा निरन्तर अभियान : प्रधानमन्त्री प्रचण्ड
२०८० मंसिर ३ | मध्यान्ह ०३:०८ बजे
काठमाडौँ–तराई द्रुत मार्गको भौतिक प्रगति ३१ प्रतिशत निर्माण कार्यसम्पन्न
२०८० फाल्गुन ७ | मध्यान्ह ०५:११ बजे
प्रधानमन्त्रीलाई संसद विघटनको विशेषाधिकार छैन : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा
२०७७ फाल्गुन ११ | मध्यान्ह ०६:११ बजे






