बैतडी । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज ‘ठूली गौरा’ मनाइँदैछ । व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाले विशेष दिनको रुपमा लिने गरेका छन् । व्रतालु महिलाले बिहानै नुवाइधुवाइ गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रहिआएको छ । आज अमूक्ताभरण सप्तमीका दिन व्रतालु महिला एक ठाउँमा जमा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रहिआएको दोगडाकेदार गाउँपालिका– ६ सित्तडकी कमला भण्डारी बताइन् ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपतिको तयारी
२०८१ असार १८ | बिहान ०८:०३ बजे
मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डोर्याउनुपर्छ : उपराष्ट्रपति यादव
२०८० बैशाख १ | बिहान ०६:०१ बजे
राष्ट्रपति पौडेलद्वारा चार जना राजदूतको शपथ ग्रहण
२०८० अशोज १० | मध्यान्ह ०१:०६ बजे






