धरानमा गोरु काटिनुमा मेरो कुनै हात छैन : हर्क साम्पाङ

धरान, भदौ ९ । धरान उपमहानगरपालिका क्षेत्रमा केही दिनअघि गोरु काटेको तथा हिन्दू मन्दिरअगाडि चर्च बनाएको विषयमा विवाद भएपछि निषेधाज्ञा नै जारी गर्नुपर्ने अवस्था आएको छ। 

सामाजिक सद्‌भाव र धार्मिक सहिष्णुता नबिथोलियोस् भनेर स्थानीय प्रशासनले धरानमा शुक्रबार राति १२ बजेदेखि २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ। 

यसैबीच त्यस उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धार्मिक तथा साम्प्रदायिक विवाद निम्त्याउने कुनै पनि घटनामा आफ्नो संलग्नता नरहेको स्पष्टीकरण दिएका छन्। साथै धर्मको आडमा राजनीति नगर्न उनले आग्रह पनि गरेका छन्।

‘मन्दिरको अगाडि चर्च बनायो भनेर आलोचना गर्नु भो, चर्चमा पनि मान्छेको आस्था छ, अब मैले किन बनाएको भनेर डोजर लिएर भत्काउन कसरी जानू’, मेयर साम्पाङले शनिबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘फेरि गोरु काटेको कुरा, त्यहाँ मेरो कुनै संलग्न छैन र कानुनविपरीत भए अनुसन्धान गर्न मैले पनि सहयोग गर्छु भनेको छु। धर्मको आडमा राजनिति कसैले नगर्नुहोला!’

Related posts