काठमाडौँ, भदौ १३ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कारागारमै पुगेर भेटेका छन् ।
खाँणलाई भेट्न हिजो (बुधबार) बिहान ९ः१५ बजे कोइरला केन्द्रीय कारागार सुन्धारा पुगेका थिए । उनीसँग थप दुई जना अन्य व्यक्ति पनि गएको कारागार स्रोतले जानकारी दिएको छ ।
खाँण र कोइरालाबीच करिब १५ मिनेट कुराकानी भएको थियो ।






