पहिरो खस्दा नारायणगढ मुग्लिन सडक अवरुद्ध

मुग्लिन । पहिरो खस्दा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।आज बिहान टोपे खोलामा खसेको पहिरोको कारण मुग्लिन नारायणगढ सडक बन्द भएको हो।

अहिले पहिरो पन्छाएर एकतर्फीमात्र बाटो खुलाइएको बताइएको छ। सबै पहिरो पन्छाएर दुईतर्फी नै सवारी साधन गुड्न अझै केही समय लाग्ने  मुग्लिन प्रहरीले  जनाएको छ।

Related posts