भोजपुर केन्द्रविन्दु बनाएर ४ रेक्टरस्केलको भूकम्प

काठमाडौं, भदौ १५ । भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो ।

Related posts