राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतल निवासमा भेटवार्ता

काठमाडौं, भदौ १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

सोमबार बिहान शीतल निवास पुगेर राष्ट्रपतिलाई भेट्दै प्रचण्डले आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा जानकारी गराएका छन् ।

भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।

Related posts