कपिलबस्तुको कृष्णनगरमा संचालित नाम विहिनको उद्योगमा अबैध धन्दा

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर क्षेत्रको बिभिन्न वडाहरुमा नाम बिहिन चामल उद्योग संचालनमा रहेको पाईएको छ ।

नगरपालिका कृष्णनगर- १ मडहा आरटीओ सडकको पूर्व दिशामा, कृष्णनगर- १०, सौनहवा गाउँ जाने वाटो पश्चिम मुल रोडमा र कृष्णनगर- ११ रामनगर गाउँदेखि पूर्व तर्फ हुलाकी बाटोदेखि उत्तर तर्फ र झिगहा मेन चोकमा नाम बिहिन उद्योग संचालन भएको गोप्य श्रोतले जनाएको छ ।

यी क्षेत्रको नाम बिहिन उद्योगहरुमा भारतबाट अबैधरुपमा चामल, गहुँ, ब्रान र तोरी ल्याएर नेपाली बोरामा प्याकिङ गरी माग अनुसार नेपालको विभिन्न जिल्लाहरुमा पुर्‍याउने गरेको श्रोतले बताए । यस क्षेत्रमा संचालनमा रहेको प्रत्येक उद्योग र गल्ला ब्यापारीले हप्तैपिच्छि ट्रकको ट्रक भारतीय गहुँ, तोरी, ब्रान र चामल विभिन्न जिल्लाहरुमा पठाईरहेको श्रोत खुलेको छ ।

यस विषयमा एउटा उद्योग संचालक संग कुराकानी गर्दा, यति ठुला उद्योग संचालन छ । उद्योगको नाम, बोर्ड ब्यानर कहि कतै देखिएन, उद्योग पनि दर्ता छैन क्या हो भन्ने प्रश्नमा “दर्ता छ, तर बोर्ड बैनरमा नाम लेखाएको छैन” ।उद्योग संचालक संग अर्को प्रश्नमा उत्पादनको बारेमा कुरा गर्दा धान किनेर मिसावट चामल उत्पादन गर्ने बताए । तर, चमाल उद्योगमा कहि कतै मेशिन संचालन भएको र उद्योगमा धानको भुस कहि कतै देखिएन, भन्ने प्रश्नमा अन्ततः संचालक आफैले चामल चन्द्रौटाबाट किनेर मिलमा पालिश मात्र गरेर नयाँ बोरामा भरी निभिन्न जिल्लामा पठाउने गरेको खुलायो ।

तर, स्थानीयको अनुसार यश क्षेत्रमा साझ, बिहान र रातिको समयमा साइकल, मोटरसाइकल र पिकअप भेनमा भारतीय सीमा क्षेत्रबाट बोराको बोरा चामल आउने र नाम बिहिनको उद्योगहरुमा पालिस गरी नेपाली बोरामा भरेर माग अनुसार देशको विभिन्न जिल्लाहरुमा पठाउने गरेको बताए ।

यस बिषयमा जिल्लाको सम्बन्धित निकाय मौन हुनुमा स्थानीय प्रशासनको पनि मिलेमतो रहेको प्रष्ट छ ।

Related posts