अविरल वर्षासँगै पहिरो जाँदा देशका विभिन्न सडकखण्ड अवरुद्ध

नवलपुर, असोज १७ । अविरल वर्षासँगै गएको पहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।

गएराती ११ बजे पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका – १ राजवृक्षस्थित कालीगण्डकी करिडोर सडकखण्डमा वर्षातको कारण पहिरो गएर सडक अवरुद्ध भएको छ । सडक खुलाउनको लागि करिडोर सडकखण्डको ईन्जिनियरसँग समन्वय भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै पूर्वी नवलपरासीकै चोरमारामा पनि वर्षातको कारण बाटो चिप्लो हुन गई वन वे मात्रै सञ्चालनमा रहेको प्रहरीको भनाइ छ ।

यसैगरी चितवनको ईच्छाकामना गाउँपालिका – ५ टोपे खोलास्थित मुग्लिन सडकखण्डमा ढुङ्गा खसी बाटो वन वे सुचारु रहेको प्रहरीले जनाएको छ ।

Related posts