मलेसियाबाट नेपाल फर्किने क्रममा मलेसियाको विमानस्थलमै अचानक ढलेर राज किशोरको मृत्यु

रामजि प्रजापति

मलेसिया, असोज २६ । मलेसियाको विमानस्थल परिसरभित्र एक नेपालीको बेहोस भई मृत्यु भएको छ । मलेसियाबाट स्वदेश फर्किँदै गर्दा बारा जिल्लाको महागढि – ६ निवासी राज किशोर प्रसाद चौरसियाको मृत्यु भएको मलेसियास्थित नेपाली दूतावासका जनसम्पर्क अधिकृत जयप्रकाश गिरिले जानकारी दिए ।

वैदेशिक रोजगारीको सिलसिलामा मृतक चौरसिया आज भन्दा ४ बर्ष पहिले मलेसियाको मलेसियन हार्भेस्ट एसडिएन बिएचडी नामक कम्पनीसंग आबद्ध रहि सरसफाइको क्षेत्रमा काम गर्न आएका थिए तर केहि महिना पहिले कम्पनी छाडी भागेर अवैधानिक हैसियतमै कार्यरत रहेको खुल्नमा आएको अधिकृत गिरिले बताए ।

अवैधानिक रहेका मृतक चौरसिया घर फर्किन भनेर केहि दिनदेखी क्वालालम्पुर कोतराया आसपास क्षेत्रमा बसोबास गर्ने एकजना नेपाली एजेन्टसँग सम्पर्क गरि घर जाने तयारीमा रहेका थिए । सोही तयारी अनुरुप चौरसियाले सबै कानुनी प्रक्रिया पूरा गरेर आज बिहानको क्वालालम्पुर – काठमाडौं उडानमार्फत स्वदेश फर्किने भनेर विमानस्थल गएका थिए ।

जानकारी अनुसार चौरसिया विमानस्थल परिसरमै अच्चानक ढलेर बेहोस भैइ भुइँमा लडेपछि विमानस्थल परिसरको कर्मचारी, डाक्टर र स्थानीय प्रहरीले चेकजाँच गर्दा चौरसियाको मृत्यु भइसकेको फेला पारेका थिए ।

अहिले मृतक चौरसियाको मृत शव पोष्टमार्टमको लागि स्थानीय अस्पतालमा लगिएको छ । आवश्यक अनुसन्धान र पोस्टमार्टम सकिएपछि परिवारसँगको समन्वय र दूतावासबाट गर्न सकिने सम्पुर्ण प्रक्रिया पूरा गराई दूतावासकै सहयोग समन्वयमा मृतकको शव नेपाल पठाइने दूतावासका अधिकृत गिरिले बताए ।

malasiya1

Related posts