निर्वाचन प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै अध्यक्षका प्रत्यासीहरु महेश श्रेष्ठ र आरके शर्माले निर्वाचन परिणाम अस्वीकार गरेको भए पनि विजयी उम्मेदवारहरुले सपथ लिएका हुन्।
पद तथा गोपनीयताको शपथ लिएसँगै अध्यक्ष डा।केसीले एनआरएनएको केन्द्रीय कार्यालय बालुवाटार पुगेर पद बहाली गरेका छन्।निर्वाचन प्रक्रियामा विवाद देखिए पछि निवर्तमान अध्यक्ष कुल आचार्य, नविना के।सी। सहित बद्री केसीले विज्ञप्ति जारी गरेर शुक्रबार तय भएको सम्पूर्ण कार्यक्रम रद्ध भएको विज्ञप्तिमार्फत जानकारी दिएका थिए।अध्यक्ष बद्री केसीले विद्युतीय भोटिङ मेसिनको दुरुपयोग गरेर निर्वाचन आफ्नो पक्षमा पारेको आरोप अन्य अध्यक्षका दुई प्रत्यासीले लगाउँदै आएका छन्।
निर्वाचनबाट उपाध्यक्षमा विनोद श्रेष्ठ, हेमराज शर्मा, केशव पौडेल, राजु रेग्मी (राज), रामशरण सिम्खडा, रोबिन प्रसाद शेरचन, महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा रोशन थापा, महासचिवमा गौरीराज जोशी विजयी भएको एनआरएन निर्वाचन समितिले जनाएको छ। उपमहासचिवमा प्रविन गुरुङ र सोम सापकोटा, सचिवमा भीम केसी कमल, ज्ञानेन्द्र रेग्मी, मनोज कुमार श्रेष्ठ, नवराज रोस्यारा, पारसमणि पोखरेल र स्वतन्त्र प्रताप शाह निर्वाचित भएका छन्।महिला सचिवमा राधिका गुरुङ, कोषाध्यक्षमा सुदन कुमार थापा, सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सेना, तिलक गैरे र अभिमन्यु बस्नेत निर्वाचित भएका छन्।सपथ ग्रहण कार्यक्रममा आर के र महेश प्यानलबाट उम्मेदवार बनेर विजयी भएकाहरु अधिकांश उपस्थित भएका थिएनन्।






