राष्ट्रपति पौडेलले गरे पलाञ्चोक भगवतीको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पलाञ्चोक भगवतीको दर्शन गरेका छन् । आइतबार बिहान काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवतीको मन्दिरमा पुगेर उनले पूजाअर्चना गरेका हुन् ।

राष्ट्रपतिले आफ्नी पत्नी सविता पौडेलसहित सो भगवतीको दर्शन गरेको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।

स्थानीय जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मी पनि राष्ट्रपतिका साथमा थिए ।

af-1697957947.png

Related posts