काठमाडौ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार ७ सय १६ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ६ हजार ६ सय ७७ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै ३७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ, भने यस अवधिमा १४५ जनाको मृत्यु भएको छ ।






