घाइतेलाई भेट्न जाजरकोट जिल्ला अस्पताल पुगे प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल जाजरकोट जिल्ला अस्पताल पुगेका छन्। भूकम्पबाट घाइते भएकाहरुलाई भेट्न दाहाल शनिबार जाजरकोट जिल्ला अस्पताल पुगेका हुन्।

प्रमुख जिल्ला अधिकारीसँग क्षतीको विवरण लिएर दाहालले अहिले स्थलगत अवलोकन गरिरहेका छन्।

भूकम्प प्रभावित क्षेत्रको राहत तथा उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, उर्जामन्त्री शक्ति बस्नेत र जनार्दन शर्मा नेपाली सेनाको हेलिकोप्टरमा जाजरकोट गएका छन्।

नेपाली सेनाको मेडिकल टोलीसहित उनी उद्धार तथा राहतका लागि जाजरकोट पुगेका हुन्। 

Related posts