नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छः अमेरिकी दूतावास

काठमाडौं, कात्तिक १८ । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गरेको छ ।

दूतावासले आवश्यक सहयोगका लागि तयार रहेको पनि जनाएको छ ।

‘यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ,’ दूतावासले सामाजिक सञ्जालमा लेखेको छ ।

 
 

Related posts