विपदका बेला कोही छैन भनेर नआत्तिनुस्, मद्दत गर्ने सरकार छ: राष्ट्रपति

काठमाडौं, कात्तिक २१ । राष्ट्रपति रामचन्द्र पौडेलले विपदका बेला कोही छैन भनेर नआत्तिन भूकम्पपीडितलाई आग्रह गरेका छन्। उनले जनतालाई सहयोग गर्न सरकार रहेको पनि बताए।

‘हामी सबै मिलेर विपदको सामना गरौं। विपदका बेला कोही छैन भनेर नआत्तिनुस्, मद्दत गर्ने सरकार छ,’ राष्ट्रपति पौडेलले भने। राष्ट्रपति पौडेलले जाजरकोट पुगेर मंगलबार भूकम्पका घाइते र स्थानीय बासिन्दाहरूसँग कुराकानी पनि गरेका थिए।

राष्ट्रपति पौडेलले भूकम्पपीडित, जनप्रतिनिधि र स्थानीयहरुसँगको छलफलमा ‘अहिलेको अवस्थामा कोही छैन भनेर नठान्नु होला, हाम्रो सरकार छ भन्ने सोच्नु होला’ भनेका हुन्। उनले जनप्रतिनिधिहरुलाई भूकम्पको क्षति तथा अवस्थाबारे सही तथ्यांक राख्न पनि आग्रह गरेका छन्।

 

Related posts