सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडाध्यक्ष गरे लोकसेवा परीक्षामा अमिन पास

सुर्खेत, मङ्सिर ३ । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष देव बहादुर रोकायाले लोकसेवा आयोगले लिएको अमिन परीक्षामा नाम निकालेका छन् ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित भएका रोकायको अमिनमा नाम निस्केको हो । सामाजिक सञ्जालमा सुदूरपश्चिम लोकसेवा आयोगमा नाम निस्केको भनिइए पनि वडाध्यक्ष रोकायको पालिकामा नाम निस्केको बताइएको छ ।

‘मेरो नाम गण्डकी प्रदेशको कुनै एक पालिकामा निस्केको हो’ सात वर्ष सानो किसान सहकारी संस्थाको व्यवस्थापक एवं तीन वर्ष कन्सल्टेन्सीमा काम गरेका वडाध्यक्ष रोकाया भन्छन्, ‘नाम निस्केको भनेर धेरैले बधाई पनि दिइरहेका छन् । तर म अब जनताको मतको कदर र सम्मान गर्दै पाँच वर्ष जनताको सेवामा खट्छु, म पदमा रहुन्जेलसम्म जनतालाई धोका दिदैंन ।’

Related posts