‘विभिन्न सामाजिक सञ्जालहरुमा आएका अभिव्यक्ति एवं सञ्चार माध्यममा प्रकाशन, प्रसारण भएका सामग्रीहरूलाई गम्भीर रुपमा लिई नजिकबाट अध्ययन गरिरहेको छ’ आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘दुवै पक्षबाट शक्ति प्रदर्शन गर्ने र आरोप प्रत्यारोपयुक्त अभिव्यक्तिहरू दिने जस्ता गतिविधि भएको पाइएकोले यसबाट सर्वसाधारण नागरिकहरूमा भय र त्रासको अवस्था सिर्जना भएको पाइएको छ।’
लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाइने संवैधानिक अधिकार नै हो। मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ र नेपाल पक्ष राष्ट्र बनेको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ ले समेत शान्तिपूर्ण प्रदर्शन तथा अभिव्यक्ति स्वतन्त्रताको हकको सुनिश्चितता गरेको छ। तर प्रदर्शनलाई शान्तिपूर्ण बनाउनु र संयमता अपनाउनु प्रदर्शनकारीहरूकै प्राथमिक दायित्वसमेत हुने आयोगको ठम्माई छ।






